बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२८ चैत २०८० ७:३७

दाङ। तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका-१७ निवासी २३ बर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्ले जानकारी दिएका छन्।

मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका-११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने गम्भिर घाइते भएका छन्। घोराही उपमहानगरपालिका-१७ बेलभार, सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।

बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *