नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

डिसी नेपाल
२९ चैत २०८० १४:२८
776
Shares

काठमाडौं। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन्।

पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा संगठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जंगीअड्डास्थित सैनिक अभिलेखालमा सरुवा भएको छ। उनले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना विसं २०५८ चैत २० गते भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *