भक्तपुरको बिस्काः जात्रा, हात नभएको लिंगाे ठड्याइयो

डिसी नेपाल
३० चैत २०८० १२:२५
24
Shares

काठमाडाैं। भक्तपुरको प्रशिद्ध बिस्काः जात्रा अन्तर्गत शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिंगाे ठड्याइएको छ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ।

प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ।

संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याइने योसिँख्योको लिंगाेभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिंगाे उभ्याउने प्रचलन सुरु भएको हो।

हात नभएको लिंगाे ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिंगाे उभ्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्हरुको भनाइ छ।

लिंगाे जात्रा हेर्नाले सुख, शान्ति, समृद्धि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *