संविधानको दायराभित्र आएर आफ्नो माग प्रस्तुत गर्नुपर्छः ओली

डिसी नेपाल
१ वैशाख २०८१ १७:२०
28
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको दायराभित्र आएर आफ्नो माग प्रस्तुत गर्न विभिन्न समूहहरुलाई आग्रह गरेका छन्।

शनिबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाद्वारा सञ्चालिन नगर अस्पतालको उद्घाटन गर्दै ओलीले मुलुकमा केहि भएको छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको र केहि मान्छेहरुमा उत्ताउलापन देखिन थालेको भन्दै संविधानको दायराभित्र आएर आाफ्नो माग प्रस्तुत गर्न विभिन्न समूहहरुलाई आग्रह गरेका हुन्। राजतन्त्रका समयमा जनताको अधिकार खोसिएपनि अहिले गणतन्त्रमा नागरिकको अधिकार सुरक्षित रहेकाले अधिकारभित्र रहेर समस्याको हल गर्न सकिने उनले बताए।

उनले अहिले संवैधानिक बाटो र लोकतान्त्रिक विधिबाट माग पूरा गर्न कतै प्रतिबन्धित नरहेको जिकिर गरे। ओलीले संविधान, परिवर्तन र जनताको सवोच्चता नै नमान्नेले एउटा माली चाहियो भन्दैमा देशले माली वा कुनै परिवारलाई स्थापना नगर्ने स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *