न्यूक्यासलसँग टोटनह्यामको लज्जास्पद हार

डिसी नेपाल
१ वैशाख २०८१ २०:३५

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाईटेडले टोटनह्यामलाई फराकिलो अन्तरले पराजित गरेको छ। आज भएको खेलमा न्यूक्यासलले टोटनह्यामलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

न्यूक्यासलको जितमा अलेक्जाण्डर इसकले २ गोल गरेका थिए भने एन्थोनी गोर्डन र फाबियन चारले एक एक गोल गरेका थिए।

यो जितपछि न्यूक्यसल युनाइटेडको ३२ खेलमा ५० अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ। त्यसैगरी टोटनह्यामको ३२ खेलमा ६० अंक छ र लिगमा पाँचौं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *