तरुण सदस्यहरुले आफ्नै सक्रियतामा भवन निर्माण गर्दै

डिसी नेपाल
२ वैशाख २०८१ १६:११

काठमाडौं। नेपालमा थुप्रै राजनैतीक दलहरु स्थापना भएका छन्। लामो इतिहास र पृष्ठभूमि बनाएका दल र तीनका भातृ संगठनहरु पनि स्थापित नै छन् ।

नयाँ खोलिएका दलहरुका पनि आफ्नै भातृ संगठनहरु रहेका छन्। भातृ संगठनहरु पार्टीको बलियो आधार पनि हो।राजनैतिक पार्टीहरुले फरक फरक नामका भातृ संगठनहरु स्थापना गरेका छन्।

तीमध्ये नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको भातृ संगठन हो नेपाल तरुण दल।विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दल आज पनि उत्तिकै शसक्त रहेको छ। नेपालको राजनैतिक परिवर्तनका लागि भएका थुप्रै आन्दोलनहरुमा तरुण दलको दलको भूमिका अतुलनिय रहेको छ।

राजनैतिक दलका भातृ संगठनहरु पार्टीमुखी मात्र भईरहेको परिवेशमा नेपाल तरुण दलले भने आत्मनिर्भताको यात्रा तय गरेको छ । गत चैत १५ र १६ गते अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बसेको तरुण दल केन्द्रीय समिति बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो।

आफ्नो कार्यालय भवन निर्माणका लागि दलले अरु कसैको सहयोगको अपेक्षा नगर्ने भएको छ। दलमा आवद्ध रहेका केन्द्रीय सदस्यहरुले आफूले सकेको आर्थिक सहयोग संकलन गरेर भवन निर्माण गर्ने निर्णय गरेको छ।

आफ्नो भवन आफैले बनाउनु पर्छ भन्ने उद्देश्यका साथ हामिले केन्द्रीय सदस्यहरुबाट मात्र आर्थिक सहयोग रकम संकलन सुरु गरेको तरुण दलका प्रभावशाली केन्द्रीय सदस्य दिनेश लामाले बताए।

उनले भने, ‘एउटा भवनको लागि हामिलाई पार्टीले नै सहयोग गर्न सक्थ्यो, विभिन्न दाताहरुले सहयोग गर्न सक्थ्यो तर हामिले त्यसो गरेनौँ। हाम्रो भवन हामि आफै बनाउनुपर्छ र बनाउन सक्छौँ भनेर हामिले जुन निर्णय गर्यौ त्यो नै तरुण दलको आत्मनिर्भता तर्फको यात्रा हो।’

तरुण दलका प्रभावशाली केन्द्रीय सदस्य लामाका अनुसार, भवन निर्माणका लागि एक व्यक्तिसंग अधिकतम दुई लाखसम्म लिने व्यवस्था गरिएको छ। त्यसका अलवा सदस्यहरुले आफ्नो क्षमता अनुसार सहयोग गर्न सक्ने व्यवस्था छ। साथै भवन निर्माण सम्पन्न पश्चात पूर्ण केन्द्रीय कमिटीकै नाम रहने छ।

तरुण दलको केन्द्रीय निर्णय अनुसार आर्थिक सहयोग संकलन कार्य निरन्तर जारि रहेको छ । केन्द्रीय सदस्य लामाले पनि भवन निर्माण सहयोगार्थ रु दुई लाख हस्तान्तरण गरिसकेका छन्। भवन निर्माणका लागि करिब दुई करोड लाग्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *