दुई प्रहरी नायब महानिरीक्षक अतिरिक्त महानिरीक्षकमा बढुवा
काठमाडौं। गृह मन्त्रालयले दुई प्रहरी नायब महानिरीक्षक (प्रनामनि) लाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ।
वैशाख ३ गते बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो। जसअन्तर्गत प्रनामनि उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बढुवाका लागि सिफारिस गरेको हो।
हरीमा जनपद प्रहरी समूहतर्फ उमेर हदका कारण अवकाश भई रिक्त हुने आउने प्रहरी अतिरिक्त महानिरीक्षक ९प्रअमनि० पदमा दुई जनालाई बढुवा गरेको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment