७ वटा संसदीय समितिको बैठक आज बस्दै

डिसी नेपाल
४ वैशाख २०८१ ९:१८

काठमाडौं । आज ७ वटा संसदीय समितिको बैठक बस्ने भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्ने भएको हो।

बैठकमा नेपाल सरकारबाट भएका वैदेशिक भ्रमणहरुको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरुको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण, भोग्नुपरेका समस्या र सुधारका पक्षहरुका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे हुने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडिबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानूनी जटिलता एवं डढेलो तथा हात्ती आतंक नियन्त्रण सम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्रीरसचिव एवं सम्बन्धित विभागका विभागीय प्रमुखहरु, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालाहरुसंग छलफल गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ ।

यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल हुनेछ ।

यस्तै बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित महालेखा परीक्षकको संसदीय सुनुवाई हुनेछ ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१ र ०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषम छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *