प्रधानमन्त्री दाहाल र नेता खनालबीच भेटवार्ता

डिसी नेपाल
४ वैशाख २०८१ १०:२३

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री दाहालले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्।

एकीकृत समाजवादीले यस अघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफुलाई दिने सहमति भएको भएपनि अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिएको भन्दै असन्तुष्ट रहेको छ।

सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरित कांग्रेससहितको समर्थनमा नाउपाकै रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरंगित बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *