लुम्बिनीका संसदीय समितिमा एकल उम्मेदवारी, सर्वसम्मत चयन हुँदै

डिसी नेपाल
४ वैशाख २०८१ १६:३३

बुटवल। लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत चयन हुँदै छन्। ६ विषयगत समिति र एक विशेषाधिकार समिति गरी सात समितिमा एकल उम्मेदवारी परेपछि सभापति सर्वसम्मत चयन हुने भएका हुन्।

लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्वका विषयमा दलहरुबीच यसअघि नै सहमति भएको थियो। जस अनुसार एमालेले विशेष अधिकारसहित ३ समिति, नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले २ समितिको नेतृत्व गर्ने सहमति भएको थियो।

जस अनुसार प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा (माओवादी केन्द्र) , सामाजिक विकास समितिमा यमबहादुर नेपाली (माओवादी केन्द्र), कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक (कांग्रेस) , सार्वजनिक लेखा समितिमा माया पुन (कांग्रेस) , भौतिक पूर्वाधार विकास समितिमा रामजीप्रसाद घिमिरे (एमाले), अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ (एमाले) र विशेष अधिकार समितीमा गिरीधारीलाल न्यौपाने (एमाले) को एकल उम्मेदवारी परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *