अमेरिकी कंग्रेसमा उम्मेदवार ह्यारी भण्डारीको चुनावी अभियानका लागि सहयोगको अपिल

डिसी नेपाल
५ वैशाख २०८१ ११:२५
348
Shares

वासिंटन डिसी। अमेरिकाको कंग्रेसमा नेपाली अमेरिकीको सहभागिताको लागि ह्यारी भण्डारीको चुनावी अभियानको सहयोगार्थ आर्थिक संकलन सुरु गरिएको छ।

भण्डारीको उम्मेदवारीका लागि तत्काल २ लाख ९७ हजार डलरको आवश्यकता रहेकाले त्यसको संकलन गर्न अमेरिकामा रहेका नेपालीहरुले सहयोग जुटाउन थालेका हुन्।

सहयोग अभियान अन्तर्गत आइतबार मेरिल्याण्डमा भएको प्रतिष्ठित व्यक्तित्वहरुको भेलाले ६५ हजार डलरको प्रतिवद्धता दिएर अभियानलाई थप सशक्त वनाएकोमा भण्डारी क्याम्पेन टीमले धन्यवाद ज्ञापन गरेको छ।

हातेमालो गरेर तत्काललाई थप देखिने र सुनिने अभियान तथा भावी पिढीलाई समेत एउटा गर्विलो ईतिहास निर्माण गरेर अमेरिकामा नेपाली अमेरिकीको उपस्थितिको मजवुत आधारशीला निर्माण गर्नुपर्ने यस महाअभियानमा साथ दिन भण्डारी क्याम्पेन टीमले आग्रह गरेको छ।

‘संभवतः नेपाली अमेरिकनलाई देखिने र सुनिने यस्तै प्रकृतिको अभियान हाम्रो जीवन कालमा अवसरको रुपमा नआउन पनि सक्छ । छ जना उमेदवारहरुको वीचमा भईरहेको कडा प्रतिस्पर्धामा खरो रुपमा उत्रिन तथा लाखौ मतदाताहरुको वीचमा हाम्रो योजना पुरयाउन मतदातालाई हाम्रो पक्षमा आकृष्ट गर्न घर घरमा पठाईने मेलर मार्फत हामीहरुको विगतको सफलता र भविष्यको कार्ययोजना शिक्षा,स्वास्थ्य, आप्रवासन ,विश्वमा भईरहेको द्धन्द्ध लगायतका अनेकन मुद्दामा सहित पठाउनुपर्ने सामाग्रीको लागि थप रकमको जरुरत परेको छ।तसर्थ ,आज नै हजुरहरुले यो लिंकमा गएर डोनेशन गर्नुहुन हार्दिक अपिल गर्दछौं।’ ,भण्डारी क्याम्पेन टीमले भनेको छ।

refcode=240415&t=YAoh6x


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *