विराटनगरस्थित रानी क्षेत्रमा दुई समूहबीच झडप

डिसी नेपाल
५ वैशाख २०८१ १७:३५

विराटनगर। मोरङको विराटनगरस्थित रानी क्षेत्रमा तनाव भएको छ। एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।

झडपका क्रममा दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको थियो। सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ। अहिले अवस्था सामान्य हुदै गएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *