घुससहित जलाधार व्यवस्थापन अधिकृत पक्राउ

डिसी नेपाल
५ वैशाख २०८१ २१:५२
36
Shares

काठमाडौं। कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत प्रभात पाललाई बुधबार पक्राउ गरेको हो। उनी तटबन्ध निर्माण कार्यको पहिलो रनिंग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिदा लिदै पक्राउ परेका हुन्।

आयोगमा प्रवक्ता नरहरी घिमिरेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ बाट अहिले साँझ नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *