तोयम राया महालेखापरीक्षकमा नियुक्त

डिसी नेपाल
६ वैशाख २०८१ १४:०७

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले संबिधानको धारा २४० को उपधारा २ बमोजिम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो।

रायालाई यस अघि संबैधानिक परिषदको बैठकले महालेखापरीक्षकमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितीले सर्वसम्मतले अनुमोदन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *