एमालेको प्रतिनिधि परिषद् बैठकमा देउवालाई अतिथिको निम्तो
काठमाडौं। नेकपा एमालेले शनिबारबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि अतिथिको निम्तो दिएकाे छ।
नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसका अवसरमा नेकपा एमालेद्वारा बैशाख १० गतेसम्म ललितपुर, गोदावरी स्थित सनराइज हलमा हुने समरोहमा अतिथिकाका रुपमा उपस्थितिका लागिकांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री देउवालाई निमन्त्रण गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
निम्ता लिएर सचिव भट्टराईसहित बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी नेकपा एमालेका काठमान्डौ जिल्ला अध्यक्ष दिपक निरौला, पार्टीका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ देउवा निवासमा पुगेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment