एक सय ४८ आयोजना शोकेशमा राख्न स्वीकृति

डिसी नेपाल
११ वैशाख २०८१ १३:३०
16
Shares

काठमाडाैं। आगामी बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा एक सय ४८ आयोजनाहरु शोकेशमा राखिने भएको छ।

मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्रविधिक समितिबाट सिफारिस भइ आएका उक्त आयोजनाहरुलाई शोकेशमा राख्नका लागि स्वीकृति दिएको हो।

बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले केही छुटेका परियोजनालाई सम्मेलनमा शोकेशमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरि आवश्यक निर्णय लिने जानकारी दिए।

त्यस्तै बैठकले ह्वासिन सिमेन्ट परियोजनाको लगानी स्वीकृत गर्नका लागि अध्ययन प्रतिवेदनका आधारमा ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत दिएको उनले बताए। बैठकले डावर नेपालको क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि वार्ता समिति गठन भएको उपाध्यायले जानकारी दिए।

बैठकमा निजी क्षेत्रले लगानी सम्मेलनको तयारीका बिषयमा प्रसन्नता व्यक्त गरेको र बिभिन्न ऐन संशोधन गर्ने सरकारको तयारीप्रति आभार व्यक्त गरेको उनले बताए। बैठकमा बोर्डका पदाधिकारीहरुले लगानी सम्मेलनको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *