गाजा: खान युनिस अस्पतालमा सामूहिक चिहानमा दुई सयभन्दा बढी शव फेला परे

डिसी नेपाल
११ वैशाख २०८१ १५:०१

काठमाडौं । गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार खान युनिसको नासेर अस्पतालबाट हालसम्म २०० जनाको शव निकालिएको छ ।

यी शवहरूलाई सामूहिक चिहानमा गाडिएको थियो। हमासद्वारा सञ्चालित यो एजेन्सीले ती शवहरूलाई अस्पतालको कम्पाउण्डमा गाडिएको जनाएको छ।

यो अस्पताललाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो।

एजेन्सीका अनुसार इजरायली कब्जामा केही व्यक्तिको हत्या भएको थियो भने केही शवलाई पहिले नै कब्जामा लिएको कब्रिस्तानबाट खनेर सामूहिक चिहानमा गाडिएको थियो।

इजरायलले अस्पतालमा शव फेला परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यस मेडिकल कम्प्लेक्स वरपरको क्षेत्रमा हप्ताको भीषण लडाई पछि इजरायली सेनाहरू दुई हप्ता अघि खान युनिसबाट पछि हटेका थिए।

सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ३५ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् जसमध्ये दुई तिहाइ महिला र बालबालिका रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *