पोर्नस्टारलाई घूस दिएको मुद्दाः अभियोजनले भन्यो– पूर्व राष्ट्रपति ट्रम्पले प्रमाण नष्ट गरे

डिसी नेपाल
११ वैशाख २०८१ १५:४१
40
Shares

काठमाडौं । अमेरिकाको न्यूयोर्क अदालतमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको अभूतपूर्व आपराधिक मुद्दाको सुनुवाइको क्रममा अभियोजकहरूले ट्रम्पले षड्यन्त्र रचेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको बताएका छन्।

अभियोजकहरूले भनेका छन् – सामान्य ज्ञानले मात्र निर्णायकलाई उनी दोषी छन् भनेर विश्वस्त पार्नेछन्।

ट्रम्पलाई घूस तिर्नका लागि व्यापारिक अभिलेख नक्कली बनाएको आरोप लगाइएको छ, जसलाई उनले अस्वीकार गरेका छन्।

ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न अभिनेत्रीलाई चुपचाप राख्न दिएको पैसा रेकर्ड हेरफेर गरेर देखाएको आरोप छ ।

ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनाव जितेका थिए । मुद्दाको सुनुवाइका क्रममा न्यूयोर्कको अदालत खचाखच भरिएको थियो । ट्रम्पका वकिलहरूले उनी निर्दोष रहेको बताएका छन् ।

पूर्व राष्ट्रपति ट्रम्पले मुद्दाको सुनुवाइ सुरु हुनुअघि नै अदालतको यो कारबाहीलाई ‘चुनाव प्रक्रियामा हस्तक्षेप’ भनेका छन् ।

सन् २०२४ को नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ र ट्रम्प त्यसमा प्रतिस्पर्धा गर्दैछन् ।

आफ्नो चुनावी अभियानलाई प्रभावित पार्ने उद्देश्यले यो मुद्दा दायर गरिएको उनको भनाइ छ ।

पोर्न अभिनेत्री स्टर्मी डेनियलले ट्रम्पले आफूसँग यौनसम्पर्क गरेको आरोप लगाएकी थिइन् । तर, ट्रम्पले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।

स्टर्मी डेनियललाई ट्रम्पले मुख बन्द राख्न १ लाख ३० हजार डलर दिएका थिए ।

यस मुद्दामा अभियोजन पक्षका मुख्य साक्षी माइकल कोहेन हुन्। कोहेनले स्टर्मी डेनियललाई पैसा दिएको दाबी गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *