अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र एलन मस्क किन आमनेसामने भए ?

डिसी नेपाल
११ वैशाख २०८१ १६:०६

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्कबीच शब्दको युद्ध जारी छ।

अष्ट्रेलियाका प्रधानमन्त्रीले अब एलन मस्कलाई “अहंकारी अर्बपति” भनेका छन्। गत हप्ता सिड्नीको एक चर्चमा विशपमाथि चक्कु प्रहारको फुटेजलाई लिएर दुईबीच बहस चलिरहेको छ ।

सोमबार अष्ट्रेलियाको एक अदालतले एलन मस्कलाई सिड्नी आक्रमणको भिडियो हटाउन आदेश दिएको थियो।

प्रधानमन्त्री एन्थोनी अल्बानीजको बयान एलन मस्कले एक मेम साझा गरेपछि आएको हो। यसमार्फत मस्कले अस्ट्रेलिया सरकारमाथि सेन्सरसिपको आरोप लगाएका थिए ।

बिशपमाथि भएको आक्रमणको भिडियो अस्ट्रेलियाका प्रयोगकर्ताहरूका लागि हटाइए पनि बाँकी विश्वमा भने हटाइएको छैन।

मंगलबार, प्रधानमन्त्री अल्बानीजले एबीसी न्यूजलाई भने, “एलन मस्कलाई लाग्छ कि उनी कानून मात्र होइन, शिष्टताबाट पनि माथि छन्।”

गत हप्ता, अष्ट्रेलियाको स्वतन्त्र नियामक ई-सुरक्षा आयुक्तले एक्स र अन्य सोशल मिडिया कम्पनीहरूलाई चेतावनी दिँदै यदि उनीहरूले गुड शेफर्ड चर्चमा भएको आक्रमणको भिडियोहरू हटाएनन् भने उनीहरूले भारी जरिवाना भोग्ने बताएको थियो ।

“मलाई यो असामान्य लाग्छ कि एक्सले आदेशको पालना गर्नुको सट्टा आफ्नो मुद्दामा बहस गर्ने निर्णय गरेको छ,” अल्बानीजले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *