गाजा: युद्ध २०० दिन पूरा भएपछि इजरायलले बढायो बमबारी, हिजबुल्लाहको पनि आक्रमण

डिसी नेपाल
१२ वैशाख २०८१ १५:४३

काठमाडौं । गाजामा इजरायल र प्यालेस्टिनीबीच युद्ध सुरु भएको २०० दिनभन्दा बढी भइसकेको छ।

हालैका हप्ताहरूमा, इजरायलले यस युद्धको क्रममा गाजामा सबैभन्दा ठूलो बमबारी गरेको छ।

गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा लक्ष्यलाई निशाना बनाइएको छ।

यसैबीच, हालैका दिनहरूमा इजरायलमा आक्रमण तीव्र पारेको लेबनानी संगठन हिजबुल्लाहले आफ्ना दुई सदस्यको मृत्यु भएको जानकारी दिएको छ।

हिजबुल्लाहले लेबनानको टायर सहर नजिकै भएको हवाई हमलामा एक जनाको मृत्यु भएको बताएको छ ।

यसैबीच कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ ।

कतारमा हमासको राजनीतिक कार्यालय पनि छ। कतारले हमासबाट आफ्नो राजनीतिक मुख्यालय खाली गरेको खबरलाई कतारले अस्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *