जाँदाजाँदै कतारका अमिरले भने– आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद!

डिसी नेपाल
१२ वैशाख २०८१ १७:०९
88
Shares

काठमाडौं। कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन्।

अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचिन इतिहासको केहि अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरु र आम जनतालाई धन्यवाद दिएका हुन्।

उनले भ्रमणका क्रममा आफुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आर्थिक सम्बन्धलाई विकास गर्ने र द्विपक्षीय सहयोगलाई माथिल्लो स्तरमा पुर्‍याउने विभिन्न साझेदारहरूसहित सुदृढ गर्ने बारे छलफल भएको बताएका छन्।

अमिर थानी आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *