अमेरिकी विदेशमन्त्री सांघाई पुगे, चीनलाई चेतावनी दिन सक्ने

डिसी नेपाल
१३ वैशाख २०८१ १२:२२

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन चीनको तीन दिने भ्रमणका लागि सांघाई पुगेका छन् । यस भ्रमणका क्रममा ब्लिन्केनले रुसलाई युद्धको प्रयासमा सहयोग नगर्न चीनलाई चेतावनी दिन सक्ने विश्वास गरिएको छ ।

रुसले युक्रेन युद्धमा प्रयोग हुने हतियार चिनियाँ मेकानिकल उपकरण र माइक्रोचिपको सहयोगमा तयार गरिरहेको अमेरिकाले जनाएको छ । तर, चीनले यी आरोपलाई आधारहीन भन्दै अस्वीकार गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको यो भ्रमणको उद्देश्य चीन र अमेरिकाबीचको उतारचढावबाट गुज्रिरहेको सम्बन्धलाई स्थिर बनाउनु रहेको छ ।

वार्तामा दक्षिण चीन सागर र ताइवान खाडीको मुद्दा पनि उठ्न सक्छ। यी क्षेत्रमा द्वन्द्वको सम्भावना कम गर्न दुवै देशले छलफल गर्न सक्छन्।

गत वर्ष अमेरिकामा चिनियाँ जासूस बेलुन खसालिएको थियो । त्यसपछि दुई देशबीचको तनाव झनै बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *