एक साताभित्र युक्रेनमा हतियार पुग्ने अमेरिकी राष्ट्रपतिको आश्वासन

डिसी नेपाल
१३ वैशाख २०८१ १२:४१

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् ।

गत हप्ता मात्रै अमेरिकी सिनेटले युक्रेनलाई ६१ अर्ब डलरको सहायता उपलब्ध गराउने कानुनलाई अनुमोदन गरेको थियो।

विगत ६ महिनादेखि अमेरिकी कांग्रेसमा यस विषयमा गतिरोध चलिरहेको थियो । तर, मतदानमा सिनेटले युक्रेनका लागि राहत प्याकेजलाई अनुमोदन गरेको छ ।

बाइडेनले अब जुनसुकै बेला यो विधेयकमा हस्ताक्षर गर्न सक्ने विश्वास गरिएको छ । यस विधेयकमा इजरायल र ताइवानका लागि अर्बौं डलरको सहायताको प्रावधान पनि छ।

बाइडेनले भनेका छन् – यो राहत प्याकेजले अमेरिका अत्याचार र दमनका विरुद्ध बलियो रूपमा उभिएको देखाउँछ।

यसै क्रममा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राहत प्याकेजका लागि अमेरिकी सिनेटप्रति आभार व्यक्त गरेका छन् ।

जेलेन्स्कीले यो सहयोग आफ्नो देशका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् ।

यसैबीच अमेरिकाले यो राहत प्याकेजलाई स्वीकृत गरेपछि रुसले अमेरिकाको यो कदमले युक्रेन युद्धमा अमेरिकाले कत्तिको हस्तक्षेप गरिरहेको छ भन्ने देखाएको बताएको थियो ।

राष्ट्रपति जेलेन्स्कीले लामो समयदेखि युक्रेनसँग लड्न पश्चिमी हतियारहरू खोज्दै आएका छन्।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । यस भयावह युद्धमा दुबै पक्षबाट दशौं हजार मानिस मारिएका छन् र युक्रेनको ठूलो जनसंख्या घरबारविहीन बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *