गीतकार शिव पलाँसद्वारा लिखित गीत संग्रह “माया गर्नुको अर्थ” माथि परिचर्चा

डिसी नेपाल
१६ वैशाख २०८१ ९:४९
56
Shares

अमेरिका। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, ‘नेपाली भाषा, साहित्य समिति’ (२०२३-२०२५) को आयोजनामा गीतकार शिव पलाँसद्वारा लिखित गीत संग्रह “माया गर्नुको अर्थ” माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

भर्चुअल माध्यमबाट गरिएको यो कार्यक्रममा नेपाल, अमेरिका, क्यानडा र बेलायतका बिभिन्न साहित्यकार सहभागी थिए। कार्यक्रममा बोल्दै बरिष्ठ कवि तथा गीतकार लालगोपाल सुबेदीले शिव पलाँसलाई प्रतिबध्द र गम्भीर गीतकारको संज्ञा दिए।

राजेन्द्रप्रसाद अर्यालको सभापतित्व र विश्वराज अधिकारीको सन्चालनमा रहेको सो परिचर्चा कार्यक्रमका बिशेष अतिथि बरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले शिव पलाँस लाहुरे गीतकार नभएको र उनी भीडमा परैबाट देख्न सकिने गीतकार बनिसकेको धारणा राखे।

खेमराज पोखरेल, अन्जु शर्मा , डा. कुसुमाकर शर्मा, डा. ऋषि बस्ताकोटी, रुद्र अधिकारी, गोविन्द कोइराला लगाएतले पुस्तकमाथि समालोचकीय धारणा राखेका थिए भने कृतिकार पलाँसले उठेका जिज्ञासाहरुमा जवाफ दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *