गीतकार शिव पलाँसद्वारा लिखित गीत संग्रह “माया गर्नुको अर्थ” माथि परिचर्चा

डिसी नेपाल
१६ वैशाख २०८१ ९:४९

अमेरिका। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, ‘नेपाली भाषा, साहित्य समिति’ (२०२३-२०२५) को आयोजनामा गीतकार शिव पलाँसद्वारा लिखित गीत संग्रह “माया गर्नुको अर्थ” माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

भर्चुअल माध्यमबाट गरिएको यो कार्यक्रममा नेपाल, अमेरिका, क्यानडा र बेलायतका बिभिन्न साहित्यकार सहभागी थिए। कार्यक्रममा बोल्दै बरिष्ठ कवि तथा गीतकार लालगोपाल सुबेदीले शिव पलाँसलाई प्रतिबध्द र गम्भीर गीतकारको संज्ञा दिए।

राजेन्द्रप्रसाद अर्यालको सभापतित्व र विश्वराज अधिकारीको सन्चालनमा रहेको सो परिचर्चा कार्यक्रमका बिशेष अतिथि बरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले शिव पलाँस लाहुरे गीतकार नभएको र उनी भीडमा परैबाट देख्न सकिने गीतकार बनिसकेको धारणा राखे।

खेमराज पोखरेल, अन्जु शर्मा , डा. कुसुमाकर शर्मा, डा. ऋषि बस्ताकोटी, रुद्र अधिकारी, गोविन्द कोइराला लगाएतले पुस्तकमाथि समालोचकीय धारणा राखेका थिए भने कृतिकार पलाँसले उठेका जिज्ञासाहरुमा जवाफ दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *