फेरो अर्को अनसनमा डा. गोविन्द केसी
काठमाडौं। डा. गोविन्द केसीले पशुपति मृगस्थलीमा २२औं अनशन सुरू गरेका छन्।
अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपराह्नदेखि डा. केसी अनशनमा बसेका हुन्।
डा. केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साधै निःशुल्क औषधिक उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत मागहरू कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरुलाई कारबाहीको माग अघि सारेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment