व्यास नगरपालिकाको पुनः मतगणना गर्न उच्च अदालतको आदेश

डिसी नेपाल
२ जेठ २०८१ १२:२६
284
Shares

पोखरा। निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो।

२०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्धा दर्ता गराएका थिए।

त्यस नगरपालिकामा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने २ सय ५२ मतान्तरले बिजयी भएका थिए। न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *