संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

डिसी नेपाल
२ जेठ २०८१ १४:२२

काठमाडौं। संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच संसदको अवरोध हटाउने विषयमा भेटवार्ता हुन लागेको हो।

अहिले प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच छलफल शुरु भएको र एमाले अध्यक्ष ओली केहीबेरमा नै बैठकमा पुग्ने बताइएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ।

कांग्रेसले संसदीय छानबिन समितिलाई बटमलाइन बनाएर संसदको अवरोध जारी राखेपछि सरकार अप्ठ्यारोमा परेको छ।

प्रतिनिधिसभाको बैठक भोलि विहान (बिहीबार) ११ बजेको लागि बोलाइएको छ। प्रधानमन्त्री दाहाल कांग्रेसलाई चित्त बुझाउने गरि सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिनेमा लचिलो भएपनि एमाले र रास्वपा विपक्षमा भएकाले सरकार अप्ठ्यारोमा परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *