कांग्रेसले संसदमा अधिनायकवादी चरित्र देखायाे: ओली

डिसी नेपाल
२ जेठ २०८१ १६:१६

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसदमा अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कसैलाई आरोप लगाउने तर आरोपका बारेमा बोल्न नदिएर सदन अवरुद्ध गर्ने कांग्रेसको शैली अधिनायकवादी भएको बताएका हुन्।

उनले अब संसदको बैठकमा कांग्रेसले बोल्न रोक लगाए आफुहरुले प्रतिवाद गर्ने स्पष्ट पारे। राजनीतिक अभिष्ट पुरा नभएकाले कांग्रेसले अरुलाई अपराधी देखेको भन्दै उनले कसैका बारेमा फैसला गर्ने कांग्रेस सांसदहरु न्यायाधीश नभएको बताए।

उनले कांग्रेसको दादागिरी चल्ने ठाँउ संसद नभएको भन्दै विधि विधान र लोकतान्त्रीक पद्दती अनुसार संसद चल्नुपर्ने धारणा राखे। अध्यक्ष ओलीले एमालेले सदन चल्न दिएन भनेर कांग्रेसले भ्रम फैलाएको र एमालेका नेतामाथि मर्यादाहीन ढंगले आरोप उछालेको तर्क गरे। अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुले सदनमा सभामुखविरुद्ध उदण्डता प्रदर्शन गरेको बताए।

त्यस्तै उनले गिरिबन्धु टीस्टेटका विषयमा आएको फैसला अपरिपक्क भएको भन्दै आफूहरुले यसमा कानुन बनाउने काम मात्र गरेको प्रष्ट पारे। ओलीले आफुहरुले कांग्रेसले लोकतन्त्र किस्तीमा दिएर किस्ती स्वीकारेको नभएको भन्दै बलिदान दिएर, संघर्ष गरेर, लोकतन्त्र ल्याएका मानिस भएको जिकिर गरे। उहाले कांग्रेसको कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाउनु आवश्यक नरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *