पार्टीलाई सिद्धाउने चक्रव्युहबाट बाहिर निस्केको छ, अब मिशन ८४ मा ध्यान केन्द्रित होऔं : ओली

डिसी नेपाल
३ जेठ २०८१ १२:४८
60
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट भन्नेले नै पार्टी बिभाजन गर्दा विश्वास नै नलागेको बताएका छन्।

नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बल्खुस्थित मदननगरमा आयोजित माल्यापर्ण कार्यक्रमका बोल्दै ओलीले झण्डै दुईतिहाइ नजिक पुर्‍याएको कम्युनिष्ट पार्टीलाई दक्षिणपन्थीको इशारामा फुटाउन कम्युनिष्ट भन्नेले भूमिका खेलेको देख्दा विश्वास नै नलागेको बताएका हुन्।

उनले सवै कुरालाई पराजित गर्दै अलमलमा परेका नेताहरुलाई एकतावद्ध बनाउदै कम्युनिष्ट पार्टी सुदृढ शक्तिको रुपमा आएको बताए। सवै एकतातिर हुँदा एमालेले एक्लै चूनाव लड्दा पनि आफ्नो हैसियता देखाउन सफल भएको उनले बताए।

अध्यक्ष ओलीले पार्टीलाई सिद्धाउने चक्रव्युहबाट बाहिर निस्केको अवस्थामा अब दिगो बिजय हासिल गर्न मिशन ८४ मा ध्यान केन्द्रित रहेको जनाए। ओलीले अग्रज नेताहरुले देखाएको बाटो पछ्याउँदै मुलुकलाई समृद्ध बनाउन एमाले ध्यान केन्द्रित हुने जिकिर गरे।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगाएतले मदन आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी पार्टीका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *