चार एसएसपी डिआइजी बढुवामा सिफारिस

डिसी नेपाल
५ जेठ २०८१ ६:२६
104
Shares

काठमाडौं। सरकारले चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको छ। शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो।

एसएसपीहरु कृष्णहरि पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा सिफारिस गरेको हो।

पोखरेल एआइजी दीपक थापाका व्याची हुन भने कार्की, केसी र अधिकारी पछिल्लो व्याचका हुन्।

उनीहरुलाई भीम ढकाल, विकास खनाल, उमेश जोशी र सुरेन्द्र मैनालीको स्थानमा बढुवा सिफारिस गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *