ट्राफिक प्रहरी जवान हत्या प्रकरण : ६ जना पक्राउ
काठमाडौं। ट्राफिक प्रहरी जवान युवराज घिमिरेको मृत्यु प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ बारे काठमाडौं परिसर प्रहरीले केही जानकारी दिएको छैन। काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको स्रोतले जनाएको छ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो।
‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको आशंका गरिएको थियो। त्यसबारेमा प्रहरीले केही बेरपछि पत्रकार सम्मेलन गर्ने भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment