इतर समूहको कार्यालयमा देउवाको छुट्टै कार्यकक्ष, नेमप्लेटमा लेखियो ‘सभापति’
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पूर्वसभापति शेरबहादुर देउवाका लागि छुट्टै कार्यकक्ष स्थापना गरिएको छ। सो कार्यकक्षको बाहिर र भित्र राखिएको नेमप्लेटमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको छ।
पाँच महिना लामो सिंगापुर बसाइपछि बिहीबार स्वदेश फर्किएका देउवालाई विमानस्थलबाट बाजागाजासहित स्वागत गर्दै इतर समूहका नेता तथा कार्यकर्ताले सोही कार्यालयमा पुर्याएका थिए। भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि उनी उपचारका लागि विदेश गएका थिए।
गत माघ १ गते भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन भइसकेका छन्। निर्वाचन आयोग र अदालतले समेत थापाको नेतृत्वलाई मान्यता दिइसकेको छ।
तर, संस्थापनइतर समूहले गगन थापालाई सभापतिका रूपमा स्वीकार गरेको छैन। यसैबीच, विशेष महाधिवेशनको निर्णयविरुद्ध परेको पुनरावलोकनको निवेदनमा हालै सर्वोच्च अदालतले सुनुवाइको अनुमति दिएपछि कांग्रेसभित्र नेतृत्वलाई लिएर पुनः शक्ति संघर्ष चर्किएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment