सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचारः विकल पौडेललाई २ वर्ष कैद र साढे २५ करोड जरिवाना
काठमाडौं। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका छन्।
मंगलबार विशेष अदालतले उनलाई दाषी ठहर गर्दै २ वर्ष कैद र २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ विगो असुल गर्ने तथा त्यति नै रकम जरिवाना हुने फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उक्त फैसला गरेका हो।
अमेरिकी पीआर लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद लिएको तथा सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
यस्तै सोही मुद्दामा नविनकुमार पौडेललाई अदालतले ६ महिना कैद र ५ करोड ८४ लाख विगो अनि त्यति नै रकम जरिवाना साथै रोहितमान प्रधानलाई ५ करोड ८४ लाख बढी विगो असुल गर्नुपर्ने फैसला भएकाे छ भने परामर्शदाता भुवन महर्जनबाट ५ करोड ७९ लाख ६२ हजार १३५ रूपैयाँ जरिवाना तोकेको छ।
उक्त मुद्दामा रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय, रामबहादुर बुढा र मीनलाल गुरौंलाई भने अदालतले सफाइ दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment