गण्डकी प्रदेश सभाको बैठक बस्दै
कास्की। गण्डकी प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा बजेटका विषयमा छलफल हुने बताइएको छ।
यता मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने कांग्रेसले जनाएको छ ।
अदालतको आदेशविपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने कांग्रेसले चेतावनी दिएको छ ।
६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्री अधिकारीले ३० सांसदको समर्थन पाउँदा सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment