प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भेटवार्ता

डिसी नेपाल
२१ जेठ २०८१ १२:४२
60
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। सोमबार बिहान बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो।

भेटमा समसामयिक राजनीतिक विषय र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ।

त्यसअघि प्रधानमन्त्री दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको थियाे। भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मधेश सरकारबाट बाहिरिएर सत्ता समीकरणलाई सहयोग गर्न आग्रह गरेका थिए।

सो क्रममा अध्यक्ष नेपालले आज सचिवालय बैठक बसेर मधेश सरकारबाट बाहिरिने निर्णय गर्ने जवाफ दिएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *