प्रहरीद्वारा एक सय बोरा मल बरामद

डिसी नेपाल
२१ जेठ २०८१ २२:१६
28
Shares

त्रिशूली। भारतबाट गैरकानुनी रुपमा नुवाकोट ल्याइएको एक सय बोरा रासायनिक मल प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार दुईवटा गाडीमा ल्याइएको रासायनिक मल अस्थायी प्रहरी पोष्ट कोल्पुटारको टोलीले बरामद गरेको हो। मलसहित मल बोकेको दुईवटा गाडी र सो कार्यमा संलग्न व्यक्तिलाई कारबाहीका लागी नुवाकोट प्रहरीले राजस्व अनुसन्धान विभागलाई बुझाएको छ।

नुवाकोट प्रहरीले यही जेठ ३ गते पनि भारतबाट गैरकानुनी रुपमा नुवाकोट ल्याएको २० बोरा रासायनिक मल बरामद गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *