चाबहिलमा एक पुरुषले आफू, श्रीमती र ३ छोरीहरूलाई मट्टीतेल खन्याएर आगो लगाए

डिसी नेपाल
२३ जेठ २०८१ १२:५५

काठमाडौं। काठमाडौंको चाबहिलको एक पुरुषले मादक पदार्थ सेवन गरी श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन्।

चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्ञलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।

काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेका अनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएका थिए।

डीएसपी थेबेका अनुसार आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ। १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *