संयुक्त राष्ट्रसंघमा नेपाली सेनाका प्रतिनिधिलाई सैनिक प्रहरीले हिरासतमा लियो
काठमाडौं। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यलयमा नेपाली सेनाको प्रतिनिधिको रुपमा कार्यरत प्रमुख सेनानी धिरेन्द्रकुमार मल्ललाई नेपाली सेनाको सैनिक प्रहरीले हिरासतमा लिएको छ।
उनीमाथि छानविनका लागि कोर्ट अफ इन्क्वायरी गठन भएपछि सैनिक प्रहरीले मल्ललाई हिरासतमा लिएको हो। न्युयाेर्कबाट फिर्ता बोलाएर मल्ललाई सैनिक प्ररहीले नियन्त्रणमा लिएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरबकुमार केसीले छानविनका क्रममा मल्ललाई हिरासतमा लिएको छ। ‘उहाँसँग केही कुरा बुझ्नु पर्ने भएकाले छानविनका क्रममा हुनुहुन्छ, कारण पछि थाहा हुन्छ,’ केसीले डिसी नेपालसँग भने।
उनले छानविन गर्नुका कारणबारे केही पनि बताउन चाहेनन्। मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सैनिकबाट प्रतिनिधिका रुपमा कार्यरत थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment