कोशी प्रदेशको नाम खारेजीको माग गर्दै बिराटनगरमा विरोधी र्‍याली

डिसी नेपाल
२६ जेठ २०८१ १९:५८
132
Shares

विराटनगर। कोशी प्रदेशको नामाकारण खारेजीको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच-मधेश ब्यूरोले शनिबार बिराटनगरमा विरोध सभा आयोजना गरेको छ।

सो विरोधसभालाई सम्वोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले एकल राष्ट्रिय राज्यको चरित्र परिवर्तन गरेर बहुल राष्ट्रिय राज्यको स्वरुप धारण नगरेसम्म आम जनताले परिवर्तन महसुस गर्न नसक्ने दाबी गरे।

उनले कोशी प्रदेशको नामाकरण खारेजीको माग गरे। कोशी नदीले पहिचान मागेको थियो र सो नामाकरण गरेको भन्दै प्रश्न गरे। मधेशी, लिम्बु, राई, कोचले पहिचान मागेकोले सोही अनुरुप नामाकरण गरी अहिलेको कोशी नाम खारेजीको माग गरे।

सभालाई सम्बोधन गर्दै अर्का नेता केशव झाले कोशी प्रदेशको नामाकरण मात्रै होइन सिमांकन पनि त्रुटिपूर्ण रहेकोले अविलम्ब सच्याउन माग गरे। राज्यले अहिलेसम्म उत्पीडित जाति र समुदायलाई फुटाएर शासन गरेकोमा आक्रोश व्यक्त गरे।

अब मधेशी, आदिवासी जनजाति, उत्पीडित खस आर्यसमेत एक भएर राष्ट्रिय मुक्ति क्रान्ति सफल पारी बहुलराष्ट्रिय राज्यको स्थापना गर्ने बताए।

कार्यक्रममा कमला गुरुङ, राजिव झा, सुमन सायमी, सन्तोष मेहता, सि एन थारु, बुद्धछिरिङ मोक्तान ,केवल राई, दिपेन्द्र चौधरी, चुन्नि खातुन, सनम लिम्बु, सत्यनारायण साहलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

बोल्ने वक्ताहरुले स्वदेशवादको वैचारिकीमा सामुदायिक समाजवाद सहित बहुलराष्ट्रिय राज्यको स्थाप्गरि छड्ने अठोट व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *