गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको हो। ५९ सांसद सहभागी बैठकमा पाण्डेको पक्षमा ३१ सांसदहरुले मत दिएका थिए। पाण्डेको विपक्षमा २८ मत परेको थियो।
मुख्यमन्त्री पाण्डेलाई नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले समेत मत दिएका थिए। देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्। विश्वासको पक्षमा मतदान गरेका देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रदेशसभा सदस्य हुन्। उनी गत प्रदेशसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए। देवकोटाले विश्वासको मतका पक्षमा मतदान गरेपछि गरेपछि प्रदेशसभामा एमाले र माओवादी केन्द्रका सदस्यले नाराबाजी गरेका थिए।
त्यस्तै उनको पक्षमा कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङले मत दिए भने एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मत दिएका थिए। मुख्यमन्न्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment