स्वास्थ्य मन्त्रालयले ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ राष्ट्रिय सम्मेलन गर्दै

डिसी नेपाल
२८ जेठ २०८१ २२:०२
4
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आधारित ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ को राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। मन्त्रालयको लैंगिक समानता तथा सामाजीकरण समावेशी शाखाका प्रमुख रोशनीदेवी कार्कीले आगामी भदौ महिनामा सम्मेलन गर्ने तयारी गरिएको र त्यसबारे आज सरोकारवालाबाट सुझाव संकलन गरिएको बताइन्।

सम्मेलनमा सरकारी अधिकारी, घरेलु हिंसासम्बन्धी काम गर्ने गैरसरकारी संस्था, लैंगिक हिंसामा परेका व्यक्ति गरी करिब तीन सय जनाको सहभागी हुने कार्कीले जानकारी दिइन्। ‘मुलुक संघीयता गइसकेपछि पनि लैङ्गिक हिंसा व्यवस्थापन संघले नै गर्नुपर्छ भन्ने बुझाइ छ। यो सम्मेलनमार्फत अब लैंगिक हिंसा व्यवस्थापन संघको मात्र नभई प्रदेश र विशेष गरी स्थानीय तहको हो भन्नेबारेमा साझा बुझाइ बनाउन सघाउ पुग्ने छ’, उनले भने।

केन्द्रमा आर्थिक वर्ष २०८०/८१ मा १० हजार पाँच सय ३३ लैंगिक हिंसामा परेकाको व्यक्तिको उपचार गरिएको तथ्यांक छ। तीमध्ये पाँच सय ७१ पुरुषले रहेका छन्। यसैगरी केन्द्रमा बलात्कारपीडित एक हजार सात सय ५४ जना, यौनहिंसा पीडित एक हजार दुई सय ९६ र शारीरिक हिंसा दुई हजार आठ सय ९७ जना र जबरजस्ती विवाहबाट पीडित चार सय ९४ जना रहेका छन्।

मन्त्रालयले केन्द्रबाट प्रदान गर्ने सेवा प्रभावकारिताबारे जानकारी दिन सम्मेलन आयोजन लागेको हो। घरेलु हिंसामा परेका व्यक्तिको उपचारका लागि देशभरका ९४ अस्पतालमा केन्द्र स्थापना गरिएका छन्। केन्द्रले लैंगिक हिंसामा परेका बिरामीलाई स्वास्थ्य तथा चिकित्सकीय कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, सुरक्षा, सुरक्षित आवास गृह तथा पुनःस्थापना, शिक्षा तथा सशक्तीकरण र घरायासी पुनःमिलन गराउनेलगायतका कार्य गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *