प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न नेता महर भारतमा
नयाँदिल्ली । भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन्।
महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्यवस्था अवस्थाबारे जानकारी लिएको महरको सचिवालयका संयोजक सन्तोष खड्काले बताए।

मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो।
सिनियर नेता बिरामी हुँदा पार्टीका तर्फबाट महर स्वास्थ्यवस्था बुझ्न नयाँदिल्ली पुगेका हुन्। उनको अवस्था सुधारोन्मुख छ। स्वदेश फर्किएर सिंहको स्वास्थ्यवस्थाबारे महरले पार्टीका नेताहरूसँग कुरा गर्ने महरलाई उदृत गर्दै उनको सचिवालयले भन्यो।
एक साता दिल्ली बसाइका क्रममा नेता महर नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले सन् १९७६ मा स्थापना गरेको नेपाली जनसम्पर्क समिति भारतको ४८औं स्थापना दिवसका अवसरमा जनसम्पर्क समिति भारतले जुन १२ मा नयाँदिल्लीमा आयोजना गर्ने कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने र केही भारतीय नेतृत्वसँग भेटघाटको कार्यतालिका रहेको जनसम्पर्क समितिका नेता सागर शाहीले बताए।

No ads found for this position


डिसी नेपाल
Facebook Comment