प्रधानमन्त्रीको भारत भ्रमण : सदनलाई जानकारी गराउन माग

डिसी नेपाल
२९ जेठ २०८१ १२:१५

काठमाडाैं। नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा सदनलाई जानकारी गराउन माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमण र सो क्रममा भएको छलफलका बिषयमा सदनमा जानकारी गराउन माग गरेका हुन्।

उनले भारतमा जो सुकै दलको सरकारको आएपनि नेपाललाई दमन गर्ने नीति देखिएको भन्दै भारतलाई नेपालले हेर्ने नीति के हो भन्दै प्रश्न गरे।

उनले भारतले नै सार्कलाई निष्कृय पार्न खोजिएको भन्दै सार्कको अध्यक्षको हैसियतले नेपालले यसबारेमा भारतसँग छलफल गर्नुपर्ने धारणा राखे।

अहिले पनि नेपाल भारत सीमाको समस्या, इपिजीको समस्या जस्ताको तस्तै रहेकोले प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीसँग भएका बिषयको जानकारी गराउनका लागि रुलिङ गर्न माग गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भइ प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *