विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते

डिसी नेपाल
३० जेठ २०८१ ८:०५
64
Shares

धनगढी । कञ्चनपुरमा विस्फोट हुँदा एक जना भाइते भएका छन्। वेदकोट नगरपालिका–२ मा सोमबार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन्।

कञ्चनपुरको वेदकोट नगरपालिका–२ घर भएर कैलालीको लम्कीको आदर्श नमुना माध्यमिक विद्यालय र वसन्त मुरारि माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक हरेन्द्र भण्डारीको खेतमा विस्फोट भएको कञ्चनपुर प्रहरीले बताएको छ। भण्डारीका छिमेकी समेत रहेका विद्यार्थी धामी विस्फोट हुँदा घाइते भएका हुन्।

घाइते विद्यार्थी बैजनाथ माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययन गर्दै आएका छन। प्रहरीले पोटास र गन्धक पट्किएको अनुमान गरेको छ। तर, प्रयोगशाला परीक्षणको प्रतिवेदन आएको छैन। शिक्षक भण्डारीले घरमा आँप र लिचीको खेती गरेको ठाउँमा जनावर चराचुरुङ्गी धपाउन विस्फोटक पदार्थ प्रयोग गर्दै आएको खुलेको छ।

धामीको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको छ । शिक्षक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *