राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकमा बुधबार केन्द्रीय कार्य सम्पादन समितिले पार्टी गरेको राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पेश हुने बताइएको छ ।
बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबेदन, सुशासन बिभाग प्रमुख राजन चौलागाईंद्वारा प्रस्तुत भ्रष्टाचार निबारण नागरिक आयोग सम्बन्धि राप्रपा नेपालको अबधारणा पत्र , बिजय महासेठद्वारा प्रस्तुत तराई मधेस उत्थानको निम्ति राप्रपा नेपालको कार्ययोजना र उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले कृषि बिकास र भुमी ब्यबस्थापन सम्बन्धि राप्रपा नेपालको बैकल्पिक मोडल सम्बन्धि प्रस्तावमा पेश हुने छ । पार्टीको केन्द्रीय समितिको बैठक आज र भोली हुने छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment