गण्डकीमा फ्लोर क्रस गरेका सांसद देवकोटालाई कारबाही

डिसी नेपाल
३२ जेठ २०८१ १७:०४
156
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ।

जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले शुक्रबार कारबाही गरेको हो। देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ।

नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेर जितेका थिए।

उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको दाबी गर्दै आएका छन्।

माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकोले देवकोटालाई माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ। फ्लोर क्रस गरेर विश्वासको मत दिएका देवकोटा अहिले गण्डकीमा उर्जा मन्त्री बनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *