गण्डकीमा फ्लोर क्रस गरेका सांसद देवकोटा पदमुक्त

डिसी नेपाल
३२ जेठ २०८१ १७:१६
204
Shares

काठमाडौं। गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा पदमुक्त भएका छन्।

शुक्रबार गण्डकी प्रदेशसभामा सभामुख कृष्ण प्रसाद धितालले नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्यबाट कारवाही गरेको पत्र पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका हुन्।

पार्टीको ह्वीप विपरित पाण्डेलाई मत दिएको भन्दै माओवादी केन्द्रले देवकोटालाई कारवाही गर्ने निर्णय गरेको थियो। सभामुख धितालले माओवादी केन्द्रको चूनाव चिन्हबाट गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुईको प्रदेश सभा क बाट निर्वाचनमा उम्मेद्वार भई निर्वाचित भएका देवकोटालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरि दलत्याग गरेको पत्र पढेर सुनाएका थिए।

देवकोटाले जेठ २८ गते फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिएका थिए। मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका देवकोटा हाल प्रदेशको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *