लुम्बिनीमा ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट

डिसी नेपाल
१ असार २०८१ १८:५१
56
Shares

काठमाडौं। लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेत नारायण आचार्यले बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए। त्यस्तै उनले वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए।

आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड २१ लाख र संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट १२ अर्ब १ करोड ५० लाख र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको मन्त्री आचार्यले जानकारी दिए।

त्यस्तै उनले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु ८ अर्ब २८ करोड ६४ लाख, ससर्त अनुदानबाट रु ४ अर्व १८ करोड, समपुरक अनुदानबाट रु ७९ करोड, विशेष अनुदानबाट रु ७४ करोड र चालू आर्थिक बर्षको नगद मौज्दातबाट रु २ अर्ब परिचालन हुने अनुमान गरिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *