राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहत राख्न मिल्दैन : प्रदीप पौडेल

डिसी नेपाल
४ असार २०८१ १४:१०
80
Shares

काठमाडाैं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा पौडेलले सरकारको छाँया पर्ने भएकाले राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका हुन्।

उनले सम्पती शुद्धिकरण आयोग, राजस्व लगाएतलाई स्वतन्त्र हुने गरि व्यवस्था गर्नुपर्ने समेत बताए। संसदबाट बजेट पास गर्नुपर्ने अवस्थामा सांसदहरुले दिएको सुझाव उल्लेख हुनुपर्ने उनको भनाइ छ। उहाले सवै बिषयमा पार्टीको ह्वीप लाग्ने बिषयलाई अव सच्चाउनुपर्नेमा जोड दिए।

त्यस्तै उनले अहिलेको बजेट निश्चित व्यक्तिहरुको क्षेत्रमा केन्द्रित गरेको भन्दै आपत्ति जनाए। पौडेले “विनियोजन विधयेक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव समेत प्रस्तुत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *