राष्ट्रपति पौडेल आज स्वदेश आइपुग्दै

डिसी नेपाल
५ असार २०८१ ६:०८
20
Shares

काठमाडौं। स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश आइपुग्दैछन्। स्वदेश फर्कने क्रममा मंगलबार साँझ राष्ट्रपति पौडेल वर्लिनबाट कतारको दोहाका लागि प्रस्थान गरेका छन्।

स्वदेशका लागि प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेलले जर्मनीको पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरे। मंगलबार नै उनले वर्लिनस्थित नेपाली राजदूतावासको पनि निरीक्षण गरे। त्यसक्रममा राष्ट्रपति पौडेलले नेपालमा जर्मनीको लगानी भित्र्याउन दूतावासले मेहनत गर्नुपर्न आावश्यकता औंल्याए।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल स्विट्जरल्याण्डबाट शनिबार राति जर्मनी पुगेका थिए। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टीनमेयरबीच हिजो जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *